जीटीए प्रमुखद्वारा पत्ताबुङको पैह्रो क्षेत्रको भ्रमण

IMG-20230828-WA0304.jpg

पैह्रोमा मृत्यु हुने परिवारलाई २ लाख अनि सबैको घर बनाई दिने अनित थापाको घोषणा

दार्जिलिङ: दार्जिलिङको सोम तकभर समष्टि अन्तर्गत पत्ताबुङमा पैह्रो पीडितलाई भेट्न अनि निरीक्षण गर्न जीटीए प्रमुख कार्यपाल अनित थापा आज बिहान पुगेका थिए। उनीसितै जीटीएका मुख्य सचिव एस पुन्नबलाम पनि उपस्थित रहेका थिए। उनीहरूले पैह्रो क्षेत्रको निरीक्षण गरेका थिए। पीडितहरुसँग बसेर उनीहरुको स्थिति विषय जानकारी पनि लिएका थिए। पीडितहरूले जानकारी दिए अनुसार खण्ड विकास कार्यालयले घटनाको दिन राहत सामग्रीहरू उपलब्ध गराएका थिए। राहत सामाग्रीमा खाने कुरा अनि पकाउने वर्तनहरु रहेको थियो। निरीक्षणको समय अनित थापाले भने, “मृत्यु हुने परिवारलाई क्षतिपूर्तिको‌ रूपमा सरकारको तर्फबाट रू २ लाख दिइनेछ अनि कमानका म्यानेजर, गाउँवासीसँग सल्लाह गरेर सबैको घर बनाइदिनेछौं।”
कसको घरमा कस्तो किसिमको नोक्सान भएको छ त्यसको मूल्यांकन गर्न उनले निर्देश पनि दिएका छन्। गत दिनको अविरल वर्षाको कारण २४ अगस्त शुक्रबार बिहान ७:३५ बजे पत्ताबुङ गेस्ट हाउसमुनि पैह्रो गएर बडा पत्ताबुङ डाँडा गाउँको २५ घर प्रभावित बनेको छ। त्यही पैह्रोमा बाबुलाल राईको मृत्यु भएको थियो भने दुई घर पूर्ण रूपले ध्वस्त बनेको थियो।
पीडित उत्तम राई जसको घर पैह्रोमा ध्वस्त भएको छ। यस पैह्रो विषयमा बोल्दै, “माथि गेस्ट हाउसमा पैह्रो गयो। त्यही पैह्रोले हाम्रो घरहरु भत्काई दियो। मेरो दाज्यू बाबुलाल राई अनि मेरो घर पूर्ण रूपले भत्कियो। यही पैह्रोमा पुरिएर मेरो दाज्यूको मृत्यु पनि भयो।” यो समय उत्तम राई आफ्नो दिदीको घरमा बस्दैछन्।
प्रतिष्ठा राई भन्छिन्, “यस गाउँमा जम्मा २५ घर छ। दुइटा घर त भताबुङ भएको छ। १० वटा घरको स्थिति अति नै नाजुक छ। अन्य घरहरू चर्केको छ भने कतिपय घरको शौचालय भत्किएको छ।”

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समष्टि संयोजक आलोककान्त मणि थुलुङ भन्छन, “हामीले १० परिवारलाई सामाजिक भवनमा राखेका छौं। दुई परिवारलाई चर्चमा। अन्य परिवारहरू छिमेकीको घरमा बस्दै छन्।”
पीडित पक्षले जीटीए प्रमुख कार्यपाललाई घर बनाइदिने अनुरोध गर्दै ज्ञापन पत्र पनि चढाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement