खरसाङमा पुलिसको आयोजनामा ड्रग्समाथि सचेतना कार्यक्रम सम्पन्न

IMG-20220709-WA0177.jpg

खरसाङ: दार्जीलिङ पुलिसको आयोजनामा खरसाङमा ड्रग्समाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा दार्जिलिङ पुलिसको खरसाङ थानाको तर्फबाट खरसाङ मोटर स्ट्याण्डबाट सचेतना ऱ्याली निकालिएको थियो। उक्त सचेतना ऱ्याली खरसाङको हिल कार्ट रोड हुँदै अस्पताल मोड़बाट वर्ध्दमान रोड भएर पुन: मोटर स्ट्याण्डसम्म सम्पन्न भएको छ। ड्रग्समाथि भएको उक्त सचेतना कार्यक्रममा दार्जिलिङ पुलिसको एएसपी मनोरञ्जन घोष, खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकार, हिल फुटबल एकाडेमीको पदाधिकारीहरू, खरसाङ बिजिनेस एसोसिएसनको पदाधिकारीहरू, चाइल्ड लाइन खरसाङ आदिका पदाधिकारीहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *