धारा ३७१एफ लिएर क्षेत्रीय पार्टीले अनावश्यक बयानबाजी बन्द गर्नुपर्छः भाजपा सिक्किम

IMG-20230829-WA0000.jpg

गान्तोकः सिक्किमले पाएको विशेष सुरक्षा कवच धारा ३७१एफ उड्छ भन्ने अफवाह फैलाउन अब स्थानीय राजनीतिक दलहरूले अब बन्द गर्नुपर्ने भारतीय जनता पार्टी (भाजपा) सिक्किमले बताएको छ। धारा ३७० सित सम्बन्धित एउटा याचिकाको सुवनाईका क्रममा केन्द्र सरकारको पक्षबाट सोलिसिटर जेनेरल तुषार मेहताले सर्वोच्च न्यायालयमा राखेको केन्द्र सरकारको पक्षलाई आधार मान्दै भाजपा सिक्किमले स्थानीय राजनीतिक दलहरूलाई धारा ३७१एफ लाई लिएर मानिसहरूलाई दिग्भ्रमित नबनाउन सुझाउ दिएको छ। सोमवार तादोङस्थिति पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाजपा सिक्किमका प्रवक्ता कमल अधिकारीले ३७१एफ लाई लिएर भाम बयानबाजी बन्द हुनुपर्ने बताए। पूर्वोत्तर तथा अन्य केही राज्यहरूमा रहेको धारा ३७१ विशेष प्रवधान रहेका कारण यो यथावत रहने र कहिलै पनि उड्दैन भनेर केन्द्र सरकारले सर्वोच्च न्यायालय आफ्नो पक्ष राखिसकेपछि यसलाई लिएर भ्रामक बयानबाजी बन्द गरेर विकासको पक्षमा चर्चा गर्नुपर्ने प्रवक्ता अधिकारीले बताए।

यसका साथै भारतीय जनता पार्टीले सिक्किममा सरकार गठन गऱ्यो भने सिक्किमको विशेष सुरक्षा कवचलाई घात पुग्छ भनेर क्षेत्रीय राजनीतिक दलहरूले गर्ने बयानबाजी पनि अब समाप्त भएर गएको उनले बताए। उनले भने, सिक्किम अब यो अनावश्यक बयानमा जानु हुँदैन। भारत सरकार सिक्किमसँगै पूर्वोत्तर राज्यको विशेष सुरक्षाका लागि प्रतिबद्ध छ। सर्वोच्च न्यायालयले नै धारा ३७१ तरलिकरण हुन्छ भन्ने विषयमा विराम लगाएको छ। यसको तरलिकरण हुन्छ भने सिक्किम विधानसभाबाट हुन्छ, बाहिरबाट हुँदैन भन्ने स्पष्ट भएको छ। सिक्किमको ४८ वर्षको प्रजातान्त्रिक इतिहासमा धारा ३७१एफ माथि तरलिकरण भएको छ भन्ने दाबी गर्दै भाजपा सिक्किमले सरकार बनाउन सफल भए यसमाथि अनुसन्धान गरेर सुधारका लागि ठोष पहल गर्ने प्रवक्ता डीआर गिरीले बताए। अहिलेसम्म सिक्किमको विशेष सुरक्षा कवच कहाँ र कहिले तरलिकरण भएको भन्ने विषयमा भाजपा सिक्किमले पार्टी स्तरमा समिति गठन गरेर अनुसन्धान गरिरहेको पनि डीआर गिरीले बताए। राज्य भाजपाले सरकार गठन गरे वित्त विधेयक २०२३ लाई संशोधन गराउन पनि पहल हुने भाजपा प्रवक्ताले दाबी गरे।

सिक्किम विधानसभामा लिम्बू-तामाङ सीट आरक्षण गराउन केन्द्र सरकार प्रतिवद्ध रहेको तर राज्य सरकारले यसका लागि सहि फर्मुला दिन असमर्थ बनेका कारण लिम्बू-तामाङले न्याय नपाएको भाजपा प्रवक्ता कमल अधिकारीले बताए। लिम्बू-तामाङले न्याय पाउन सिक्किममा भाजपाले सरकार गठन गर्नै पर्नेछ भन्ने उनले दाबी गरेका छन्। अर्कोतर्फ नाम्ची कलेजको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरुङको रहस्मय मृत्युलाई लिएर पनि भाजपा सिक्किमले न्यायिक आयोग र राज्यपाल समक्ष आफ्नो अडान राखिसकेको प्रवक्ता कमल अधिकारीले जानकारी दिएका छन्। २४ अगस्तका दिन भाजपा सिक्किमका अध्यक्ष डीआर थापाले नाम्ची न्यायिक आयोग समक्ष भेट गरेर पार्टीको पक्ष राखेका र २६ अगस्तमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यलाई भेटेर पदम गुरुङको परिवार र सिक्किमेको पक्षबाट न्यायको माग गरिसकेको जानकारी दिए। पदम गुरुङको रहस्मय मृत्युको घटनाले सिक्किमे जनता त्रसित बनेका कारण यसको सहि जाँच हुनुपर्छ भन्ने माग भाजपा अध्यक्ष थापाले न्यायिक आयोग र राज्यपाल समक्ष राखिसकेको प्रवक्ता अधिकारीले बताए। आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाजपा प्रवक्ता डीआर गिरीले मेरो माटो मेरो देश अधियान विषय र प्रवक्ता डाक्टर मिरा अङमु भोटियाले चन्द्रयान तीनको सफलताले देशमा नयाँ उत्साह सिर्जना भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement