पाद्री गङ्गाप्रसाद प्रधान ऐतिहासिक व्यक्तित्व हुन् – मनप्रसाद सुब्बा

IMG-20220709-WA0176.jpg

बिजनबारी: हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेशन बिजनबारीको आयोजना १७१ औं जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम पास्टर पावल मोक्तानको अध्यक्षता र कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सलोन कार्थक, रेभरेन्ट डा छत्र सुब्बा पावल र सह प्राध्यापक बिनोद प्रधान आदि शोध व्यक्तिको रुपमा उपस्थित रहेका थिए। पास्टर विशेष सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण महासचिव पास्टर अमीत सुब्बा सिंगघकले राखेका थिए भने पाद्रीद्वारा लिखित गीत युवाहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा कैलाश पाण्डे, गाब्रियल थापा, निमेश सिकारु, राजेस लुलाम आदिले कविता पठन गरेका थिए। कार्यक्रममा आफ्नो वार्ता राख्दै सह प्राध्यापक बिनोद प्रधानले पाद्री गङ्गाप्रसाद प्रधानको भाषिक र काव्यिक मूल्यांकन गर्दै पाद्री गंगाप्रसाद प्रधानले चलाएको भाषाको उदाहरण दिन्दै उनको भाषामा दार्जिलिङको आञ्चलिकता पाइने पनि बताएका छन्। सह प्राध्यापक बिनोद प्रधानले पाद्रीको पुस्तकहरू, कृतिहरू कता लुकाएर राखिनु वा ओझेलमा पारेर त्यसलाई प्रकाशनमा नल्याउनु कुनै स्वार्थ लुकेको जस्तो देखिन्छ भनी बताएका छन्। कार्यक्रममा रेभरेन्ट डा छत्र सुब्बा पावलले पाद्री गंगाप्रसाद प्रधानको पत्रकारिता विषयमा बताए। उनले गद्य कवितालाई गोपालप्रसाद रिमालले सुरु गरेका थिए भने बाईबलको कवितालाई पहिलोपल्ट अनुवाद गरेको बताएका छन्। कार्यक्रममा वरिष्ठ साहित्यकार सलोन कार्थकले वक्तव्य राख्दै पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सम्पादित गोर्खे खबर कागतमा प्रकाशित विज्ञापन विषयमा रोचक जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बाले पाद्री गङ्गाप्रसाद प्रधान ऐतिहासिक व्यक्तित्व थिए भन्दै उनले गरेको कामले गर्दा उनी लिजेण्ड्री व्यक्ति हुन् भनी बताएका छन्। उनले पाद्री गङ्गाप्रसाद प्रधानले पहाड़ जस्तो काम गरेका थिए जसले गर्दा अहिलेको समयमा पनि प्रभाव पारेको छ तर पाद्री गङ्गाप्रसाद प्रधानको कामको भनेको जस्तो मूल्यांकन हुन सकेको छैन भनी बताएका छन्। यसै कार्यक्रममा बिजनबारीको कवि शरण खालिङलाई उनको साहित्यिक योगदानको लागि हिमालय खीष्ट्रीयन माईनोरिटी अर्गनाइजेशनको तर्फबाट सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्तीके अवसरमा बिजनबारी क्षेत्रका पत्रकारहरूलाई पनि सम्मान गरिएको छ। यसको साथै यसपालीको माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा क्षेत्रका ईसाइ समुदायका प्रतिनिधिगण, साहित्य प्रतिभाहरू लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए। आजको कार्यक्रम विषयमा हिमालयन खीष्ट्रीयन माईनोरिटी अर्गनाइजेशनको महासचिव अमीत सिंगघकले पत्रकारहरूसित कुराकानी गर्दै यसरी बताएका छन्।

About Author

Advertisement