खरसाङ: तीनधारे क्षेत्र र मालुटार चियाबारी क्षेत्रमा बिजुली बत्तीको सर्वहरा नियमित नभएको स्थानीयहरूले गुनासो पोखेका छन्। दुवै क्षेत्रमा लगातार रूपमा बिजुली बत्तीको अनियमिता रहेको बताइएको छ। यो क्रम विगत एक महिनाभन्दा बेसी समयदेखि चलिरहेको बताइएको छ। तीनधारे क्षेत्रमा बिजुली बत्ती आउँदै जाँदै गर्ने क्रम चलिहेको र कुनै दिन पनि नियमित रूपमा बिजुली बत्तीको सर्वराह नभईरहेको तीनधारेबाट दिपक प्रधानले बताएका छन्। उनले तीनधारे क्षेत्रमा बिजुली बत्तीको नियमित सर्वराह नभएकोले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको बताएका छन्। उनले यस विषयमा खरसाङको विद्युत विभागको उपभोक्ता कार्यालयमा गएर ज्ञापन बुझाउने योजना रहेको बताएका छन्। त्यसरी नै तीनधारे महानदी समष्टीकै मालुटार चियाबारीमा पनि बिजुली बत्तीको सर्वराहमा नियमितता नभएको र प्रत्येक बिजुली बत्ती ठप्प हुने गरेको र विगत एक महिनादेखि मालुटार चियाबारी क्षेत्रमा बिजुलीको नियमित नभएको बताइएको छ।

यस विषयमा स्थानीयहरूले बिजुलीको विषय लिएर एक महिना भै सक्यो बत्ती काटेको काटे कै छ र प्राय: जसो दिनभरि नै बत्ती काटिन्छ भनी बताएका छन्। स्थानीयहरूले गुनासो पोख्दै बताए अनुसार विगत केही वर्ष अघि तीनधारेको लाइन काटेर जोगीघाटबाट जोडेपछि प्राय: बत्ती काटिरहेको र मालुटार क्षेत्र लगायत सिमरिङका बसिन्दाहरू पनि सन्तुष्टि नरेहेको बताएका छन्। स्थानीयहरू अनुसार बिजुली बत्ती बारम्बर काटिनुको कारण यहाँका जनता रिस गर्दै एक दिन बिल बुझाउनु ढिलो हुँदा लेट फ्रि लाग्ने तर बत्ती चैं राम्रो नदिने भन्ने गुनासो रहेको छ। उनीहरूले बताए अनुसार बत्ती धेरै मात्रामा काटिएकोले गर्दा धेरै काममा असुविधा भएको हुँदा हाइड्रो अफिसमा पनि बगान म्यानेजर पक्षबाट निबेदन पत्र टक्राईसकेका छन्। कुनै सूचना टबिना नै प्राय: जसो दिनभरि नै बिजुली बत्ती काटिने गरेको छ भनी मालुटार क्षेत्रका जनताले गुनासो पोखेका छन्।