हिमालयन गुड न्यूज नेटवर्किङ मिनिसट्रेरी एडुकेसनलद्वारा शिक्षा सचेतना कार्यक्रम साथै आवश्यक सामाग्री  वितरण

Himalayan-Good-News

मिरिक: हिमालयन गुड न्यूज नेटवर्किङ मिनिसट्रेरी एडुकेसनलले शनिबार मिरिक नगरपालिका  वार्ड नम्बर तीनमा रहेको लिडरसीप ट्रासफमेसनल ट्रेनिङ इन्च्युट  भवनमा शैक्षिक सचेतना कार्यक्रम साथै मिरिक क्षेत्रका निम्न वर्गका विध्यार्थीहरूलाई आवश्यक सामाग्रीहरू प्रदान गरे। यस अवसरमा बोल्दै हिमालयन गुड न्यूज नेटवर्किङ मिनिसट्रेरी एडुकेसनलका संयोजक  रेभरेन एन जुशुवा शर्माले आजका विध्यार्थी नै भविष्यका देश,राज्य,गाउँ समाजका संचालकहरू  रहेको बताँउदै यी विध्यार्थीहरूलाई सानै उमेरदेखि शिक्षाको महत्त्व बुझाएर अघि बढाउन प्रोत्सहान प्रदान गर्न कार्यक्रम गरेको बताए। उनले आज निम्न वर्गका लगभग पचास विध्यार्थीहरूलाई स्कूलमा चाहिने आवश्यक सम्पूर्ण सामाग्रीहरू छाता, खाता, पेन्सिल,पेन्सिल बक्स आदि प्रदान गरिएको जानकारी दिँदै विशेष गरि नेपालबाट आएर भारी बोक्ने काम गर्नेहरूको छोरा-छोरीलाई आज सामाग्री वितरण गरिएको बताए। उनले कतिपय विध्यार्थीहरूको अभिभावकले घरमा आफ्ना नानीहरूलाई भनेको समयमा किताबी ज्ञान प्रदान गर्न सक्दैन। यस्तोमा ती नानीहरूलाई उचित मार्गनिर्देशन गर्ने उदेश्यले नै सचेतना कार्यक्रम गरिएको बताए। उनले हिमालयन गुड न्यूज नेटवर्किङ मिनिसट्रेरी एडुकेसनलले स्थपनाकालदेखि नै शिक्षाको क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी गराँउदै विध्यार्थीहरूलाई उचित मार्गनिर्देशन  गरेर उच्च शिक्षाको क्षेत्रमा अग्रसर गराँउने उदेश्य हिमालयन गुड न्यूज नेटवर्किङ  मिनिसट्रेरी  एडुकेसनलको रहेको बताए। उनले यस्ता कार्यक्रम  भविष्यमा  पनि गरिनेछ भन्दै भविष्यमा  स्वास्थ जाँच,रगत दान शिविर राख्ने योजना पनि हिमालयन गुड न्यूज नेटवर्किङ  मिनिसट्रेरी  एडुकेसनलको रहेको बताए। उनले हिमालयन गुड न्यूज नेटवर्किङ मिनिसट्रेरी एडुकेसनलले  निम्नवर्गका मानिसहरूलाई विगतमा खाध्य सामाग्री पनि वितरण गरिसकेको बताए। यता आवश्यक सामाग्रीहरू पाएपछि नानीहरूको अनुहारमा धेरै खुशी देखा परेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *