सरकार विरूद्ध फेरि सड़कहरूमा उत्रियो जनजातिय समुदाय

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः जनजातिय समुदायको जमीन बलपूर्वक खोसेको आरोप लगाउँदै एकपल्ट फेरि सैकड़ौं मानिसहरू सड़कहरूमा उत्रेका छन्। घटना बाकुंड़ाको हो। घटनाको विरोधमा जमजातिय एकता मञ्चले बांकुड़ा रानीबांध राज्य राजमार्गलाई राजापाड़ा र खरबनमोरमा दुई स्थानमा जाम गरी विरोध प्रदर्शन गऱ्यो। यस घटनामा केही स्थानीय तृणमूल नेताहरूमाथि आरोप लागेको छ। जनजातिय एकता मंचले आरोपित तृणमूल नेताहरूलाई पक्राउ नगिञ्जेलसम्म नाकाबन्दी जारी राख्ने धमकी दिएको छ।

स्थानीय सूत्रहरू अनुसार, बांकुड़ाको खतरा ब्लकमा कूनाशोल नजिक जमीनको एक टुक्रा लामो समयदेखि जनजातिय समुदायको कब्जामा छ। केही स्थानीय तृणमूल नेताहरूले कथित रूपमा आइतवार जनजातिय समुदायको जमीनबाट कब्जा हटाउने प्रयास गरे। जब केही स्थानीय जनजातिय युवाहरूले उनीहरूलाई रोक्ने प्रयास गर्दा उनीहरूको साथ जमेर दुर्व्यवहार गरिएको आरोप छ। मामिलाको जानकारी हुनसाथ जनजातिय एकता मञ्च मैदानमा उत्रेको छ। सोमवार बिहान मंचका कार्यकर्ता र समर्थकहरूले आरोपितहरूलाई पक्राउ गरिने माग गर्दै खरबनमोर र राजापाड़ा स्क्वायर नजिक जमा भए औं राज्य सड़कलाई जाम गर्न थाले। खबर लेखिञ्जेलसम्म विरोध जारी थियो। घटनास्थलमा पुलिस उपस्थित छ र आन्दोलनकारीहरूलाई सम्झाउने प्रयास भइऱहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement