मतिगढा घटनालाई लिएर भागोप्रमो खरसाङको टोलीद्वारा सिलगढी बार एसोसिएशनको वकिलहरुसित भेट

IMG-20230828-WA0263.jpg

खरसाङ: गत केही दिन अघि सिलगढीस्थित मतिगढामा एक नाबालिक छात्राको हत्यालाई लिएर हत्यारा व्यक्तिको पक्षमा कोही पनि अधिवक्ताले मुद्दा नलडिदिने आग्रह गर्दै आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिका प्रतिनिधिहरू सिलगढी बार एसोसिएसनमा पुगेका छन्। खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको नेतृत्वमा गएको टोलीमा क्षेत्रीय सभासद श्याम शेर्पा लगायत पार्टीको केन्द्रिय समिति सदस्य तापेश्वर राउत, एनबी घले, संजय प्रसाद, एल्जीन ब्राम्हण, भक्तिमान तामाङ लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। यसबारे पत्रकारहरुलाई जानकारी गराउँदै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले टोलीले बार एसोसिएसनका पदाधिकारीहरूलाई छात्रा हत्याकाण्डका दोषी व्यक्तिको पक्षमा कसैले पनि केस नलडीदिने आग्रह गर्दै एउटा ज्ञापन चढिएको बताए। उनले एसोसिएसनका सदस्यहरूले तिनीहरूलाई कसैले पनि उक्त केस नलड्ने आश्वस्त गराए तर यस सन्दर्भमा अझ मतिगढा पुलिस थानामा गएर अझ विस्तृत रूपमा जानकारी लिने बताएपछि तिनीहरू मतिगढा थाना पुगेर त्यहाँका आइसीसँग भेट गरेर दोषी व्यक्तिलाई कठोर सजाय दिनुपर्ने माग गरिएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement