मुख्यमन्त्रीले अन्जना नाल्बोलाई जितको बधाई दिए

nalbo_478

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालको बिर्तामोडमा आयोजित याक्थुङ स्टार सीजन- १ को विजेता बनेकोमा पोकलोक-कामराङ निर्वाचन क्षेत्र अन्तर्गत दोङ निवासी अन्जना नाल्बोलाई बधाई दिएका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस जितको निम्ति अन्जना नाल्बोलाई बधाई दिएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, ‘यो जित उनको प्रतिबद्धता र उनको शिल्पलाई सिद्ध गर्न समर्पित अनगिन्ती घण्टाहरूको प्रमाण हो। यो विजय सफलता र प्रचुरताले भरिएको अविश्वसनीय सांगीतिक यात्राको शुरूवात बन्ने छ भन्ने आशा गर्दछु।’ मुख्यमन्त्रीले उनलाई उल्लेखनीय उपलब्धीको निम्ति बधाई दिएका छन्।

About Author

Advertisement