ममताले नीरज चोपड़ाको उपलब्धीमा शुभकामना दिइन्

IMAGE_1685457644.jpeg

कोलकाताः बुडापेस्ट विश्व एथलेटिक च्याम्पियनशिपमा भाला फेक प्रतियोगितामा स्वर्ण पदक जित्ने भारतीय एथलीट नीरज चोपड़ाको उपलब्धीमा मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्।

सोमवार उनले माइक्रो ब्लगिङ साइट एक्समा लेखिन्, नीरज चोपड़ालाई बधाई। आज बुडापेस्टमा विश्व एथलेटिक्स च्याम्पियनशिपमा भाला फेकमा स्वर्ण पदक जित्ने प्रथम भारतीय बनेकोमा पूरा देशलाई तपाईमाथि गर्व छ। म तपाईको भावी सबै प्रयासहरूका लागि शुभकामना दिँदछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement