कोलकाताः उत्तर २४ परगनामा एउटा पटेका फ्याक्ट्रीमा विस्फोट हुॅंदा भएको आठ जनाको मृत्यु मामिलामा अन्ततः पहिलो पक्राउ भएको छ। उक्त व्यक्तिको नाम सफीक अली हो। उसलाई आइतवार अबेर राति नीलगञ्जबाट पक्राउ गरियो। ब्लास्टमा मारिएका पटेका कारखानाका मालिक कयामत अली सफीक अलीको पार्टनर रहेको थाहा लागेको छ।
प्रारम्भिक रूपमा पुलिसको दाबी अनुसार, उक्त फ्याक्ट्री तीनजना मिलेर चलाइरहेका थिए। यसमा सफीक र कयामतका साथै समसुल पनि सामेल छन्, जो तृणमूलका स्थानीय नेता हुन्। यो पटेका फ्याक्ट्रीको आड़मा ठूला-ठूला बमहरू पनि तयार गरिने गरिएको आरोप छ। पुलिसलाई प्रत्येक महिना ठूलो रकम दिइने गरिन्थ्यो, जस कारण प्रशासनले पनि आफ्नो ऑंखा बन्द गरेको थियो भन्ने पनि आरोप छ।
अर्कोतिर, आइतवार बिहान राज्यपाल उत्तर बंगालको भ्रमणपछि उत्तर २४ परगनाको दत्तपुकुर पुगे। उनले दुर्घटना स्थलको भ्रमण गरे अनि अस्पतालमा गएर घाइतेहरूसॅंग भेट गरे। यस मामिलामा अहिलेसम्म आठजनाको मृत्यु भइसकेको छ। राज्यपालले यो केवल दुर्घटना नभएर यसको पछाड़ि एउटा ठूलो षड़यन्त्र चलिरहेको मानेका छन्।
-हिस