राजु विष्टले उत्तर दिनाजपुरमा जग्गा विवादमा मारिएका आदिवासी जनजातिका आफन्तलाई भेटे

fd8bf67d-fac3-4f0e-8376-f213cd52fb42

उत्तर दिनाजपुर: दार्जिलिङका सांसद राजु विष्ट चोपडाको प्यारीलाल चिया बगानमा पुग्दा पुलिसले रोकेको छ। त्यहाँ भाजपाका कार्यकर्ता र समर्थकबीच केहीबेर पुलिससँग झडपसमेत भएको थियो। पछि राजु विष्टलाई घटनास्थल जान अनुमति दिइएको थियो। त्यसपछि सांसदले चोपडाको प्यारीलाल चिया बगान क्षेत्रमा गोली हानाहानमा मारिएका आदिवासीका परिवारसँग कुरा गरे। सबै क्षेत्रको भ्रमण गरेपछि उनले मिडियासामु धेरै गुनासो गरे।

यहाँ आइपुग्दा पुलिसको झडपको सामना गर्नुपरेको उनले बताए। यहाँ चोपडाका विधायक हमिदुल रहमानको नेतृत्वमा केही जग्गा माफियासँग मिलेर चिया बगानलाई बेचिँदै छ। उनले यस क्षेत्रको अवस्थालाई नियन्त्रणमा ल्याउन केन्द्र सरकारसँग कुरा गरी यहाँ केन्द्रीय फौज तैनाथ गर्न आग्रह गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement