ला लीगाः गत विजेता बार्सिलोनाको रोमाञ्चक जीत

IMG-20230828-WA0253.jpg

२८ अगस्तः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाले रोमाञ्चक जीत हासिल गऱ्यो जबकि एथलेटिक क्लबले पनि असाधारण पुनरागमनकोसाथ म्याच जित्यो। बार्सिलोनाले आइतवार राति खेलिएको म्याचमा भिल्लारियललाई ४-३-ले पराजित गऱ्यो। यस अवे म्याचमा बार्सिलोना एक समय २ गोलले अघि रहेको थियो तर होम टीमले पनि असाधारण पुनरागमन गर्दै चाँड़ै ३-२-को बढ़त हासिल गरेको थियो। अन्तमा बार्सिलोनाले लगातार २ गोलको साथ म्याच जित्यो।

बार्सिलोनाको तर्फबाट म्याचमा गाभीले १२औं, फ्रेंकी डी जोंगले १५औं, फेरान टोरेसले ६८औं र स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीले ७१औं मिनटमा गोल गरे। यसरी भिल्लारियलबाट जुआन फोयथले २६औं, एलेक्जेण्डर सरलोथले ४०औं र एलेक्स बाएनाले ५०औं मिनटमा गोल गरे। यसबीच एथलेटिक क्लबले पनि रियल बेटिस विरुद्ध ४-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याचको दशौं मिनटसम्म रियल बेटिस २-०-ले अघि रहेको थियो।

रियल बेटिसबाट विलियन जोसेले दोस्रो अनि इस्कोले १०औं मिनटमा गोल गरे। त्यसपछि मिकेल भेस्गाले ३०औं र ४५औं मिनटमा पेनल्टीबाट २ गोल गरी एथलेटिक क्लबलाई २-२-को बराबरीमा पुऱ्याए। अन्तमा गोर्का गुरुजेटा र उनाइ गोमेजले दिलाएको गोलले एथलेटिक क्लबलाई जीत दिलायो। अन्य एउटा म्याचमा ओसासुनाले भेलेन्सियालाई २-१-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *