गज़ल

00-1-Gazal-1-3

तिमीहरू झण्डा र पार्टी फेर्दै बस

अफिसहरु मधेसकाले भर्दै गर्छन्

बुझदिल बनेर नदेखे जस्तो गर्दै गर

भूमिपुत्रहरु जति यहाँ मर्दै गर्छन्l

कहिले भाषा, कहिले पाँच डेसिमल

जमीन जबर्जस्ती थोप्न खोज्छ

अन्धभक्ति देखाउँदै समर्थन गर

खाँटी गोर्खाहरू मेचीतिर सर्दै गर्छन्l

नोकरी सोकरी छैन स्थानीयलाई

न त कल कारखाना नै बगुन्द्रो छन्

विवश बनाऊ गरीब दु:खीलाई

दिल्ली,बेंगलोर,खाड़ीतिर चर्दै गर्छन्

राजनीति गर्छौं भन्छन् तर केको लागि

गर्छन् बुझेर बुझी नसक्नु

स्वाभिमानीहरू जति सबै एक हौं

तल झर्नेहरू अझ तल झर्दै गर्छन्

जियालो जाति हौं हामी गोर्खाली

आफूलाई चिन्न सके भित्रबाट

उठौं, जागौं संघर्ष गरौं

आत्मा शैतानलाई बेच्नेहरु

वैतरणी तर्दै गर्छन्ll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement