सिलगढी: तृणमूल छात्र परिषदको २५औं स्थापना दिवस सिलगढी कलेज क्याम्पसमा मनाइयो। तृणमूल छात्र परिषद्का जिल्ला संस्थापक अध्यक्ष तथा दार्जिलिङ जिल्ला तृणमूलका महासचिव मदन भट्टाचार्यले शहीद बेदीमा तृणमूल छात्र परिषदको झण्डा फहराएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

आज स्थापना दिवसका अवसरमा जादवपुरमा एक विद्यार्थीको मृत्यु भएकोमा शोक व्यक्त गरिएको छ।