प्रीमियर लीगः म्यानचेष्टर सिटी र लिभरपूल विजयी

IMG-20230828-WA0161.jpg

२८ अगस्तः ईंग्लिश प्रीमियर लीगमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटी र लिभरपूलले आ-आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले शेफील्ड युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचाम ८० प्रतिशत पोजेशनको साथ खेले पनि सिटीले पहिलो गोलको निम्ति निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो। युवा एर्लिंग हालाण्डले ६३औं मिनटमा सिटीलाई बढ़त दिलाए। त्यसपछि जेडेन बोग्लेले ८५औं मिनटमा गोल गरी होम टीमलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा अनुभवी रोड्रीले ८८औं मिनटमा गोल गरी म्यानचेष्टर सिटीलाई लगातार तेस्रो जीत दिलाए। यस जीतपछि म्यानचेष्टर सिटी ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। यसबीच लिभरपूलले चाहिँ न्यूक्यासल विरुद्ध २-१-ले जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। म्याचको शुरुमै दशजना खेलाड़ीमा सीमित हुने लिभरपूल लगभग अन्तसम्म एक गोलले पछि रहेको थियो। आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासलको टीमलाई एन्थोनी गोर्डनले २५औं मिनटमा बढ़त दिलाए। त्यसपछि टीमका दिग्गज खेलाड़ी भर्जिन भेन डिकले २८औं मिनटमा रेड कार्ड देख्दा लिभरपूललाई ठूलो धक्का लाग्यो।

चरम दबाउबीच ७७औं मिनटमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा प्रवेश गर्ने उरुग्वेका खेलाड़ी डार्विन नुनेजले अन्तिम क्षणमा दुईवटा दर्शनीय गोलको साथ लिभरपूललाई जीत दिलाए। नुनेजले ८१औं र स्टपेज टाइमको तेस्रो मिनटमा असाधारण दक्षताको साथ गोल गरी न्यूक्यासलका समर्थकहरूलाई स्तब्ध पारे। प्रीमियर लीगका अन्य म्याचहरूम वेष्ट ह्यामले ब्राइटनलाई अनि एस्टन भिल्लाले बर्नलेलाई ३-१-को समान अन्तरले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement