२८ अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा मिरिकले थापाधुरालाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरज कार्कीढोलीले ह्याट्रिक गरे। थापाधुराबाट उत्सव राईले १ गोल गरे। यसरी दोस्रो म्याचमा राइजिंग स्टार एलडी-ले मिञ्जुलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उपेन राईले २ अनि अनुराग प्रधानले १ गोल गरे। यसरी मिञ्जुबाट सञ्जोक राईले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।