२८ अगस्तः नेहुर बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको चारवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा बनोक बन एफसी-ले दिलाराम युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा माराबुंग एफसी-ले गुरु सेभेन, सिपाहीधुरालाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। तेस्रो म्याचमा सोनादा आउट पोस्टले लिंगा एफसी-लाई ५-०-ले पराजित गऱ्यो। दिनको चौथो तथा अन्तिम म्याचमा नेहुर बालासन युनाइटेड फूटबल क्लब (एनबीयुएफसी)-ले घूम एफसी-लाई ५-२-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।