२८ अगस्तः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको म्याचमा पानीघट्टा एफसी-ले दुधे एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्ञानदीप तामाङले २ गोल गरे।

यसबाहेक रोहित विश्वकर्मा र सादिस राईले १-१ गोल गरे। यसरी दुधे एफसी-बाट वैभव दर्जीले १ गोल गरे। पानीघट्टा एफसी-का ज्ञानदीप तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अब शनिवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनलमा मिरिक फारानाइस र सीडर्स एफसी-बीच भिड़न्त हुनेछ।