युनाइटेड दिलाराम फूटबल क्लब फाइनलमा

photocollage_202382811133340.jpg

२८ अगस्तः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार पहिलो सेमिफाइनल म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा युनाइटेड दिलाराम फूटबल क्लबले मिलन स्पोर्टिंग क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट छिरिंग भूटियाले २ अनि सञ्जोक खवासले १ गोल गरे। यसरी मिलन स्पोर्टिंग क्लबबाट प्रज्वल राई र प्रियांशु थापाले गोल गरे। अब ३ सेप्टेम्बरमा खेलिने दोस्रो सेमिफाइनलमा गोर्खा सेभेन र जीटी बोइज, लेबोंगबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement