वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपः स्वर्ण पदक जितेर इतिहास रचे नीरज चोपड़ाले

IMG-20230828-WA0096.jpg

२८ अगस्तः ओलम्पिक च्याम्पियन नीरज चोपड़ाले फेरि एकपल्ट इतिहास रचे अनि वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने पहिलो भारतीय बने। हंगेरीको राजधानी बुडापेस्टमा जारी वर्ल्ड च्याम्पियनशीपमा उनले पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा ८८.१७ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ यस ऐतिहासिक उपलब्धिलाई हासिल गरे। ओलम्पिक (२०२१), एशियन गेम्स (२०१८), कमनवेल्थ गेम्स (२०१८) र गत वर्ष डायमण्ड लीग च्याम्पियन रहिसकेका नीरजसँग केवल वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा स्वर्ण पदक थिएन तर आइतवार अबेर राति उनले असाधारण प्रदर्शन गर्दै यस कमीलाई पनि पूरा गरे। नीरजको साथमा भारतका किशोर जेनाले स्पर्धाा पाँचौं स्थान हासिल गरे। उनले ८४.७७ मीटरको व्यक्तिगत सर्वश्रेष्ठ थ्रो गरे। यसरी भारतकै डीपी मनु ८४.१४ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ छैटौं स्थानमा रहे। यसरी वर्ल्ड च्याम्पियनशीपमा पहिलोपल्ट कुनै स्पर्धाको शीर्ष आठमा तीनजना भारतीय रहे।

फाइनलमा २५ वर्षीय नीरजको पहिलो प्रयास फाउल रहेपछि दोस्रो थ्रो-मा उनले ८८.१७ मीटरको दूरीमा भाला फ्याँके। त्यसपछि उनले ८६.३२ मीटर, ८४.६४ मीटर, ८७.७३ मीटर र ८३.९८ मीटरको थ्रो गरे। पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा पाकिस्तानका अरशद नदीमले ८७.८२ मीटरको सीजनको आफ्नो सर्वश्रेष्ठ थ्रो-को साथ रजत पदक जिते। यसरी काँस्य पदक चेक गणराज्यका याकूब वालेश (८६.६७ मीटर)-ले हासिल गरे। शूटिंगमा अभिनव बिन्द्रापछि एकै समयमा ओलम्पिक र वर्ल्ड च्याम्पियनशीप खिताब जित्ने नीरज दोस्रो भारतीय बने। बिन्द्राले २३ वर्षको उमेरमा वर्ल्ड च्याम्पियनशीप र २५ वर्षको उमेरमा ओलम्पिक स्वर्ण पदक जितेका थिए। यसरी नीरज २०२१-मा भएको टोक्यो ओलम्पिकमा एथलेटिक्समा स्वर्ण पदक जित्ने पहिलो भारतीय बनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement