कोलकाता: नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनलाई कोरोनाभाइरसको संक्रमण भएको छ। उनी हाल ८९ वर्षका पुगेका छन्। महामारीका कारण अमर्त्य सेन आफ्नो पैतृक घर आउन सकेनन्। उनी यही महिना पश्चिम बङ्गालको वीरभूम जिल्लाको बोलपुर–शान्तिनिकेतनस्थित आफ्नो घर आएका थिए। सेनका एक नजिकका सहयोगीले उनले कोभिड–१९ को सावधानी अपनाउँदा धेरै व्यक्तिसँग भेट नगरेको बताए। उनी १० जुलाई २०२२ मा लण्डन जाने कार्यक्रम थियो, तर कोभिड संक्रमित भएकाले कार्यक्रम रद्द गरियो।
चिकित्सकको टोलीले सेनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेको र पछिल्लो जानकारी अनुसार उनको अवस्था स्थिर रहेको छ। भर्खरै उनी सहरको उत्तरी बाहिरी भागमा रहेको साल्ट लेकमा ‘अमर्त्य अनुसन्धन केन्द्र’को उद्घाटनमा सहभागी हुन कोलकाता पुगेका थिए। उक्त कार्यक्रममा उनले देशवासीलाई एकतावद्ध रहन आग्रह गरे। सेनले भने, ‘भारत ऐतिहासिक रूपमा उदारवादी देश हो। सबैले मिलेर काम गर्न आवश्यक छ र त्यसैले म चाहन्छु कि मानिसहरू एकजुट रहोस्l’