सोरेङ: सोरेङ जिल्लाको ऑंगनमा प्रशासन पहल अन्तर्गत २६ र २७ अगस्तको दिन छोटा साम्दुङ जीपीयूका वृद्ध एवं अशक्त नागरिकहरूको निम्ति आधार नामांकन शिविर आयोजन गरियो। शिविर विशेष रूपमा बिरामी, पीडब्ल्युडी, वरिष्ठ नागरिक, गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरूको निम्ति केन्द्रित थियो। डेस्मी विभागले छोटा साम्दुङ जीपीयूको सहयोगमा आयोजन गरेको यस शिविरमा कुल १६० जना लाभान्वित भए।