सजावटी मैनबत्ती बनाउने १५ दिवसीय उद्यमशिलता कौशल विकास प्रशिक्षण शुरू

img_1_1693160386966.jpg

गान्तोक: सिक्किम राज्य सहकारी संघले सजावटी मैनबत्ती बनाउने १५ दिवसीय उद्यमशिलता कौशल विकास प्रशिक्षणको आयोजन गरेको छ। यसको शुरूवात आज असम लिञ्जेस्थित संघको सम्मेलन हलमा गरियो।

प्रशिक्षण कार्यक्रममा रूम्तेक, डुगा, असम लिञ्जे, उत्तर सिक्किम र छोटा सिङतामबाट चालिस प्रशिक्षुले भाग लिए। प्रशिक्षणको उद्देश्य कौशल विकास प्रशिक्षणको माध्यमद्वारा उदीयमान उद्यमीहरूको निम्ति मञ्च प्रदान गर्नु रहेको बताइएको छ।

सिक्किम राज्य सहकारी संघका चेयरमेन टाशी ओङ्गदेन लेप्चाले प्रशिक्षुहरूलाई यस अवसरको फाइदा उठाएर आफैलाई सशक्त बनाउन आह्वान गरे। उनले प्रशिक्षुहरूलाई उपहार वस्तुको रूपमा प्रयोग गर्न सकिने डिजाइनहरू बनाउन सुझाउ पनि दिए। कार्यक्रमलाई सहकारी विभागका अतिरिक्त रेजिस्ट्रार केसाङ याङ्की, मास्टर ट्रेनर वानी देवी आदिले पनि सम्बोधन गरेको थियो।

एनआरएलका स्वतन्त्र निदेशक सुदीप प्रधानले मोम उद्योगमा व्यापक सम्भावना रहेको बताए। उनले प्याराफिन मोमको प्रयोग गरेर साबुन र क्रेयन्स आदि जस्ता उत्पादहरू पनि तयार गर्न सकिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement