सुकना संवादको  चौथो प्रकरण सम्पन्न

00-1-Chhetriya-Samachar-7

सुकना: सुकुना साहित्यिक सांस्कृतिक संस्थानको तत्वावधानमा प्रत्येक महीनाको अन्तिम आइतबार  सम्पन्न हुने सुकना संवादको चौथो प्रकरण सुकना रामसिंह ठकुरी चौकस्थित सुकना गेम्स् एण्ड स्पोर्टस् एसोसिएसनको कार्यलयमा संस्थानका सभापति सूर्यमणि शर्माको अध्यक्षतामा आज २७ अगष्ट आइतबारको दिन सम्पन्न भयो। संवाद शुरु हुन अघि केही दिनअघि हत्या भएकी नेपाली कल्याण उच्चतर माध्यमिक विद्यालयकी छात्राको आत्मा शान्तीको लागि दुइ मिनटको मौन धारण गरिएपश्चात संस्थानका मूल सचिव जे.बी.बस्नेतले सुकना संवादको उद्देश्य र महत्व बारेमा बताए। सन् १९९९मा स्थापित सुकना साहित्यिक- सांस्कृतिक संस्थान स्थापना भएको अब  पच्चीस वर्ष  भएकोले यसको रजत जयन्ती पालन गर्नुपर्ने कुरो जनाए। सुकना संवादको आजको  चौथो प्रकरणमा जे.बी.बस्नेत,  के.के.विश्वकर्मा,   सूर्यमणि शर्मा, प्रा.मेघनाथ छेत्री, दुर्गा शर्मा, नवराज छेत्री, खग गुरागाई, गोविन्द नारायण शर्मा आदिले आ- आफ्ना लेख , कविता, संस्मरणहरूसंगै भाषा, साहित्य , शिक्षा, संस्कृतिको समृद्धिको लागि संस्थानको दायित्वहरू बारेमा सुझाव पनि दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement