रोजगार मेलामा केन्द्रीय मन्त्री प्रामानिकले भाग लिने

IMG-20230827-WA0288.jpg

गान्तोक: गृह, युवा मामिला तथा खेलकुद मन्त्रालयका केन्द्रिय राज्यमन्त्री निशिथ प्रामानिकले २८ अगस्त, २०२३ मा पर्यटन तथा नागरिक उड्डयन विभागको पर्यटन भवनमा सेक्टर हेड क्वार्टर, आईटीबीपी गान्तोकद्वारा आयोजित रोजगार मेलामा भाग लिनेछन्। आईटीबीपी गान्तोकको सेक्टर हेड क्वार्टरको अध्यक्षता के सञ्जय कुमार, आईपीएस, डीआईजीको नेतृत्वमा हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा रोजगारीका साथै स्वरोजगारका अवसर र युवाहरूको सशक्तिकरणलाई सर्वोच्च प्राथमिकता दिँदै आएका छन्। हाम्रो जनसाङ्ख्यिक लाभांश हाम्रो देशको सबैभन्दा ठूलो शक्ति भएको प्रधानमन्त्रीले जहिले पनि बताउँदै आएका छन् र त्यसैअनुरूप सरकारले विकास भारतको लक्ष्य हासिल गर्न युवाहरूको प्रतिभालाई राष्ट्र निर्माणमा पूर्ण रूपमा उपयोग गर्न मिशन भर्ती शुरु गरेको छ।

मिशन भर्ती अन्तर्गत भारत सरकार र केही राज्य/केन्द्र शासित प्रदेशहरूले देशभरि रोजगार मेलाहरू आयोजना गर्दैछन् र प्रत्येक महिना लाखौँ युवाहरूलाई नियुक्ति पत्र वितरण गर्दैछन्। रोजगार मेला कार्यक्रमहरूको शृङ्खलामा, रोजगार मेलाको अर्को कार्यक्रम आगामी २८ अगस्त, २०२३ मा देशभरिका ४५ स्थानमा ५१,१०६ नयाँ नियुक्तिहरूलाई नियुक्ति पत्र वितरणको लागि तय गरिएको छ। एमएचएले मिशन भर्तीमार्फत लगभग एक लाख पदहरू भरेको छ, जसमध्ये केन्द्रिय सशस्त्र प्रहरी बल (सीएपीएफ) मा लगभग ८७,००० रिक्त पदहरू भरिएका छन्। यसले हाम्रा सुरक्षा बलहरूलाई आफ्नो कार्य अझ कुशलतापूर्वक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न र सुरक्षाको विस्तृत दायरालाई अझ राम्रोसँग व्यवस्थापन गर्न मद्दत गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *