गान्तोक: सिक्किम राज्य सहकारी संघ (सिकन) ले सजावटी ममबत्ती बनाउने पन्ध्र दिने उद्यमशीलता विकास प्रशिक्षण शुरु गऱ्यो। असमलिङजे सिकन सम्मेलन हलमा शुरु भयो। सीएसआर योजना अन्तर्गत राष्ट्रिय लघु उद्योग निगम गुवाहाटी, नुमालीगढ रिफाइनरी लिमिटेड र आयल इन्डिया लिमिटेडद्वारा प्रशिक्षणको सहयोग रहेको थियो।
यस कार्यक्रमको उद्देश्य सीप विकास तालिमको माध्यमबाट उदीयमान उद्यमीहरूका लागि प्लेटफर्म सिर्जना गर्नु र रचनात्मकताका बनाउनु रहेको छ। तालिममा रुम्तेक, डुगा, असमलिङजे उत्तर सिक्किम र छोटा सिङ्ताम लगायत विभिन्न स्थानबाट जम्मा ४० जना प्रशिक्षार्थीहरूले भाग लिएका छन्।
भेलालाई सम्बोधन गर्दै सिकोनका अध्यक्ष टासी ओङ्देन लेप्चाले सहभागीहरूलाई अवसरको सदुपयोग गर्न र आफ्नो क्षमता अभिवृद्धि गर्न सल्लाह दिए। उनले सहभागीहरूलाई उपहार वस्तुहरूमा थप प्रयोग गर्न सकिने उदाहरणीय डिजाइनहरू बनाउन पनि उत्प्रेरित गरे। यसबाहेक, एनआरएलका निदेशख सुदीप प्रधानले आफ्नो सम्बोधनमा, मोमबत्ती उद्योगका लागि सम्भावनाहरूको विस्तृत बजारबारे जोड दिए। उनले प्याराफिन मोम साबुन र क्रेयोन लगायत अन्य वस्तुहरू बनाउन प्रयोग गर्न सकिने ल्लेख गरे। सहकारिता विभागका अतिरिक्त रजिष्ट्रार केसाङ याङ्कीले माइक्रो,र मझौला उद्यम अन्तर्गत रोजगारीका फाइदाहरू र मार्केटिङ सम्भावनाहरूबारे बताइन्। उनले तालिमको क्रममा सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरे। प्रशिक्षक वाणी देवीले आफ्नो बहुमूल्य विचार साझा गरिन्। प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रक्रियामा लगनशीलताका साथ काम गर्न सल्लाह दिइन्ष कार्यक्रममा सिकोनका उपाध्यक्ष हेमन्त कृष्णको पनि उपस्थिति रहेको थियो।