रम्फू: माई डान्स इंन्स्टिट्यूटले सातौं स्थापना दिवस पालन गऱ्यो। सिक्किम क्रांतिकारी मोर्चा अनुसूचित जाति प्रकोष्ठ अध्यक्ष जगदीश सिञ्चुरी मुख्य अतिथिका रूपमा रहेको कार्यक्रममा प्रतिभा कला केन्द्रका संस्थापक महेन्द्र सेवा र पत्रकार श्री संजय अग्रवाल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए| कार्यक्रममा सँजोक सुब्बाले २०१६ मा स्थापित इन्स्टिट्यूटमा हाल २८ विद्यार्थीहरु रहेको विद्यार्थीहरुलाई राज्य र राष्ट्रीयस्तरसम्म मञ्च प्रदान प्रदान गरेको उल्लेख गरे। यस अवसरमा सेभेन सिस्टर्स क्रू को पनि आधिकारिक रूपमा घोषणा गरियो। उक्त सात नृत्य कलाकार टोलीले राज्य अनि राज्यबाहिर पनि इन्स्टिट्यूटको नेतृत्व गर्नेछन| यस अवसरमा विद्यार्थी दक्षणा गिरीलाई स्टूडेन्ट अफ द ईयर, अन्जीला शेर्पा, श्रेया सिंग, शानवी अग्रवाल र सिन्जनी चौधरीलाई ऐक्टिभ स्टूडेन्ट अफ द ईयरको पुरस्कार प्रदान गरियो। अन्जीला शेर्पालाई भर्सटाइल डान्सर, रियानसी कुमारीलाई एक्स्प्रेशन क्वीन पुरस्कार प्रदान गरियो| यसरी हाइस्ट स्कोरर पुरस्कार आदित्य यादव र ऋद्धिमा रायलाई प्रदान गरियो| यस अवसर मा प्रतिभाका खोजका विजेता साई मामरिङको टोलीलाई बधाई प्रकट गरियो|