तृणमूल कांग्रेसको प्रस्तुति सभा फुलबारीमा समपन्न

IMG_20220709_164740.png

रायगन्ज: अलिपुरद्वार र जलपाईगढी जिल्लाको संयुक्त पहलमा आगमी १२ जुलाईको दिन धुपगढीमा कर्मी सभाको आयोजना गरिने भएको छ। यसैले आज फुलबारी तृणमूल कांग्रेस ट्रेड युनियनको सभाकक्षमा जलपाईगुडी जिल्ला आइएनटिटियुसी का जिल्ला सभापति राजेश लाकडाले एउटा प्रस्तुति सभाको आयोजना गरे।यस विषयमा बोल्दै राजेश लाकडाले भने आगमी १२ जुलाईको दिन धुपगढीमा तृणमूल नेता अभिषेक ब्यानर्जीको उपस्थितिमा कर्मी सभाको आयोजना गरिने भएकोले आज यसलाई लिएर प्रस्तुति सभाको आयोजना गरिएको हो।यस सभामा श्रमिक संगठनका धेरै जनाले अंश ग्रहण गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement