सुदुङलाखामा खण्ड स्तरीय राष्ट्रिय खेल दिवस सम्पन्न

IMG-20230827-WA0287.jpg

गान्तोक: पाकिम जिल्लाको खेल तथा युवा मामिला विभागद्वारा यहाँको सुदुङलाखा सेकेण्डेरी स्कूलमा खण्ड स्तरीय राष्ट्रिय खेल दिवस २०२३ पालन गरियो। हकीका जादुगर मेजर ध्यानचन्दको जन्म जयन्तीको अवसरमा आयोजन गरिएको यस कार्यक्रममा रिनाक खण्डका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। जानकारी गराइन्छ, हकीका जादुगर मेजर ध्यानचन्दको जन्म दिनलाई वर्ष २०१२-देखि राष्ट्रिय खेल दिवसको रूपमा पालन गर्दै आइरहेको छ।

कार्यक्रममा जुनियर स्कूल वर्गमा छात्र अनि छात्रा दुवै वर्गमा मुख्यमन्त्री एक माइल दौड़, सीनियर स्कूल वर्गमा छात्र अनि छात्रा दुवै वर्गमा टेबल टेनिस खेल आदि आयोजन गरिएको थियो। यी प्रतियोगिताहरूका विजेताहरूलाई पदक, प्रमाण पत्र अनि नगद राशि प्रदान गरियो। क्षेत्रमा खेलको सम्बर्द्धना उल्लेख्य योगदान पुऱ्याउनेहरूलाई विभागद्वारा अभिनन्दन जनाइयो। यसमा रिनाकका शारीरिक शिक्षाका शिक्षक दिनेश राई, सुदुङलाखा सेकेण्डेरी स्कूलका गणित शिक्षक मोसिना खान, तारपिनका शारीरिक शिक्षाका शिक्षक लालीमाया तामाङ, प्रशिक्षकद्वय प्रभात राई अनि आशीष गुरुङलाई कार्यक्रममा अभिनन्दन जनाइयो।

कार्यक्रममा पञ्चायत सभापति सचित सुब्बा, खेल तथा युवा मामिला विभागीय उप-निदेशक पिञ्छो भोटिया, विद्यालयका प्रधानाध्यापक, विभागीय अधिकारीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *