प्रितम राई, सञ्जय राई र श्रद्द राईलाई सम्मान जनाइयो

IMG-20230827-WA0281.jpg

प्रितम र सञ्जय राईले राज्यको नाम रोशन गरेः जेकब खालिङ

गान्तोक: अखिल किराँत राई संघ युवा प्रकोष्ठको पहलमा आज मेरो भोइस युनिभर्सका विजेता प्रितम राई, एशियान युथ इन्टरनेशनल मोडल युनाइटेड नेशनका स्वर्ण पदक विजेता सञ्जय राई र श्रद्धा राईलाई सम्मान जनाइयो। राङ्कास्थित पारूहाङ साप्तेन माङखिम परिसरमा आयोजित कार्यक्रमबीच यी तीन जनालाई सम्मान जनाइएको हो भने कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि खालिङले सर्वप्रथम अन्तराष्ट्रीयस्तरको प्रतियोगितामा विजयी बनेका प्रितम राई र सञ्जय राईलाई बधाई दिँदै उज्जवल भविष्यको कामना गरे। राज्यका यी दुई युवाहरूले राज्य साथै देशको नाम रोशन गरेको बताए। यी दुई युवाहरूले हासिल गरेको उपलब्धि सिक्किम राज्यको निम्ति माइलखुट्टीकोरूपमा प्रमाणित भएको अवगत गराए। खालिङले संगीत क्षेत्रलाई निरन्तता दिँदै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्नुपर्ने सुझाउ दिए। उनले प्रसङ्ग फेर्दै राज्यमा सबै समुदायको विकास हुनुपर्छ, तर आफ्नो समुदायको विकास गर्ने क्रममा अन्य समुदायलाई चोट पुऱ्याउन नहुने पनि आग्रह गरे। सबै समुदायले आ-आफ्नो समुदायको विकास स्वतन्त्रतारूपमा गर्न सक्ने मन्तव्य प्रकट गरे। राज्यका विभिन्न जात- जातिले आफ्नो समुदायलाई मजबुत बनाएको खण्डमा राज्य स्वतः मजबुत भएर जाने उनले सम्भावना व्यक्त गरे। पहिलाको तुलनामा वर्तमान स्थितिमा राई समुदायको संस्था बलियो भएर गएको खालिङले किटान गरे। कहिले कांहि समुदायको हितमा काम गर्दा व्यक्तिगत आक्षेप आउने गरेको तर त्यसलाई गम्भीरतापूर्वक नलिने पनि उनले आग्रह गरे। यस अवसरमा मेरो भोइस युनिभर्सका विजेता प्रितम राई र सञ्जय राईले पनि आफ्नो अनुभव साटदै आफूलाई सफलताको शिखरमा पुऱ्याएकोमा सबैलाई धन्यवाद दिँदै आभार प्रकट गरे।

About Author

Advertisement