फ्लोरिडामा नस्लीय उन्माद, तीन अश्वेत मानिसहरूको गोली हानेर हत्या

IMG-20230805-WA0285.jpg

टालोहासी: संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको जेक्सनविलेमा नस्लीय उन्मादमा चूर २० वर्षीय एक श्वेत युवकले शनिवार अफ्रीकी-अमेरिकी बहुल क्षेत्रमा डलर जनरल स्टोरभित्र तीन अश्वेत मानिसहरूको गोली हानेर हत्या गरिदिए।

अधिकारीहरू अनुसार, आक्रमणकारीले एउटा लेखमा नस्लवादी टिप्पणी पनि गरेका थिए। हत्या गरेपछि उसले पनि आत्महत्या गरे। स्थानीय मिडिया रिपोर्ट्समा जेक्सनविलेका शेरिफ टीके वाटर्सले उक्त जानकारी दिए।

मिडिया रिपोर्ट्स अनुसार, शेरिफ वाटर्सले संवाददाता सम्मेलनमा भने, यस हमलामा दुई पुरुष र एक महिलाको मृत्यु भयो। यो घटना निश्चिम रूपमा नस्लीय रूपले प्रेरित थियो। आक्रमण गर्ने व्यक्तिले अश्वेत व्यक्तिहरूसॅंग घृणा गर्थे। उसले एक्लै बन्दूकले हमला गरे।

वाटर्सले भने, हत्याराले एउटा ग्लाक हेंडगन र एउटा एआर-१५ सेमी-अटोमेटिक राइफल प्रयोग गरेका थिए। उसले बुलेट प्रुफ ज्याकेट लगाएका थिए। उनी २०१६ घरेलू हिंसाको घटनामा पनि सामेल थिए। एकपल्ट उसलाई मानसिक जॉंचको निम्ति अस्पताल पठाइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *