काेलकाता: पश्चिम बंगाल प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले एकपल्फ फेरि राज्यकी ममता सरकारमाथि तिखो प्रहार गरेका छन्। आइतवार मिडियालाई दिएको एक साक्षात्कारमा उनले भने, पश्चिम बंगालमा पाकिस्तानलाई मन पराउने सरकार सत्तामा छ।
यस कारण राज्यमा आईएसआई एजेन्ट बसिरहेका छन् र उनीहरूलाई सरकारको समर्थन प्राप्त छ।
प्रदेश अध्यक्षले अघि भने, बंगालमा पाकिस्तानलाई मन पराउने सरकार बसेको छ। यस कारण पाकिस्तानको निम्ति काम गरिरहेको छ, आईएसआई एजेन्टले यहॉं एपीसेन्टर बनाएर बसिरहेका छन् र देश विरोधी काम गरिरहेका छन्। राज्य सरकारले उनीहरूलाई समर्थन दिइरहेको छ।
उल्लेखनीय छ, यस अघि पनि भाजपा नेता शुभेन्दु अधिकारीले ममता ब्यानर्जीमाथि हमला गर्दै उत्तर प्रदेश सरह पश्चिम बंगालमा पनि योगी आदित्यनाथ जस्तै व्यक्तिले कानून व्यवस्थालाई दुरुस्त गर्न सक्नेछन् भनी बताएका थिए।