खरसाङ हाम्रो पार्टीले नाबालिकालाई दिए श्रध्दाञ्जली

IMG-20230827-WA0243.jpg

पहाड बन्दको कार्यक्रमलाई विफल तुल्याउने भागोप्रमोको षड्यन्त्रलाई पहाडवासीले जवाफ दिएको दाबी

दार्जीलिङ: मृतक नाबालिकाको आत्मा शान्तिको कामना गर्दै खरसाङ हाम्रो पार्टीले गरे श्रध्दाञ्जली सभा। गत २१ अगस्तको दिन सिलगढीको मतिगढामा गोर्खे नाबालिका चेलीको निर्मम हत्या भएको थियो। हत्या आरोपीलाई पुलिसले पक्राउ गरी सकेको भएता पनि आरोपीलाई मुत्यु दण्डको मांग उठिरहेको छ। यसै क्रममा आज खरसाङ हाम्रो पार्टीको महासचिव विमल तामाङको विशेष उपस्थितिमा श्रध्दाञ्जली सभाको आयोजना गरिएको थियो। आयोजित श्रध्दाञ्जली सभामा पार्टी कोअर्डिनेटर अभिन्दन राउत, प्रवक्ता विवेक तामाङ, सुकुना समष्टि अध्यक्ष मन्दीप लामा, कार्यालय सचिव धीरज छेत्री, सिगेल शाखा अध्यक्ष उतम तामाङ, सिटोङ अध्यक्ष मंगल राई, सेन्ट मेरीज हिल अध्यक्ष ब्रोनो सुब्बा आदि उपस्थित थिए। श्रध्दाञ्जली सभाको शुभारम्भमा मृतक नाबालिकाको आत्मा शान्तीको कामना गर्दै मोम बती जलाउँदै प्रार्थना गरियो।

यसै क्रममा खरसाङ महकुमा समिति महासचिव विमल तामाङले नाबालिकाको हत्या आरोपीलाई मृत्यु दण्ड दिनुपर्छ भन्ने मांगप्रति आफुहरू अडिग रहेको बताए।उनले भने मृतक नाबालिका अनि पिडित परिवारले न्याय पाउनुपर्छ भन्ने मांग विषय लिएर डाकेको पहाड बन्दलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले चालक महासंघ, हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेशन कमिटि आदि लगाएर विफल तुल्याउने सक्दो कोशिष गरेको थियो तर पहाडवासीले भागोप्रमोको षडयन्त्रलाई विफल बनाई दिएको उनले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *