पैह्रो पिढीतहरूसंग एडवाडर्सकाे भेट

IMG-20230827-WA0273.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स पैह्रो पिडितहरूसंग गरयो भेट।गत केही दिन अधिदेखि निरन्तर रूपमा परेको पानीले पहाडको विभिन्न क्षेत्रहरूमा पैह्रोहरू गरेको छ अनि पैह्रोले ज्यान मालको क्षतिहरू पूराएको छ।यसैक्रममा यहाँको बडा पताबुङमा पैह्रोले एक जनाको ज्यान गएको छ भने पैह्रोले घर सोहोरेर लगेको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मृतक परिवार लगायत पैह्रो पिडित परिवारहरूसंग भेट गरेर सहनुभूति जनाएको छ।त्यसरी नै दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर २९ अन्तर्गत रमिते गाउँ, माउण्ड हर्मणमा पनि पैह्रोले घर र बाटो क्षति ग्रस्त बनाएका छन, त्यसरी नै यहाँको हेप्पी भ्याली चिया बगानको सिरूबारी गाउँमा पैह्रो गएकोले बाटो पूर्ण रूपमा क्षति ग्रस्त भएको छ।

त्यसरी नै मेरीबुङमा पनि पैह्रोले बाटो सवै क्षति ग्रस्त बनाएको छ। यी सवै क्षेत्रहरूको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भ्रमण गरयो अनि स्थानीय गाउँबासीहरूलाई सहनुभूति जनाए। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग पार्टीको केन्द्रीय नेतृत्वहरू सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement