२७ अगस्तः भारतको पुरुष चार गुणा ४०० मीटर रिले टीमले २ मिनट ५९.०५ सेकेण्डको समयसहित एशियाई रेकर्ड तोड़्दै पहिलोपल्ट हंगेरीको बुडापेस्टमा जारी वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको फाइनलको निम्ति क्वालीफाई गऱ्यो। भारतका मोहम्मद अनस याहिया, अमोज जेकब, मोहम्मद अफजल वारियाथोडी र राजेश रमेशको टीमले शनिवार पहिलो हीट (क्वालीफाईंग रेस)-मा अमेरिका (२ मिनट ५८.४७ सेकेण्ड) पछि दोस्रो स्थान हासिल गरी फाइनलमा स्थान बनायो। प्रत्येक दुईवटा हीटमा शीर्षमा रहने तीन अनि अन्य दुईवटा सबैभन्दा तेज टीमले फाइनलमा स्थान बनाउँछ। एशियाई रेकर्ड २ मिनट ५९.५१ सेकेण्डको थियो, जुन जापानको टीमको नाममा रहेको थियो। भारतीय खेलाड़ीहरूले आज विश्व रेकर्डधारी अमेरिकी टीमलाई पनि कड़ा चुनौती दिए अनि दोस्रो स्थान हासिल गरे। भारतीय टीम दुईवटा हीटमा अमेरिकापछि दोस्रो स्थानमा रह्यो। ब्रिटेन (२ मिनट ५९.४२ सेकेण्ड) र जमैका (२ मिनट ५९.८२ सेकेण्ड) क्रमशः तेस्रो र पाँचौं स्थानमा रह्यो।