शान्तिपूर्ण पहाडको निम्ति श्याम गौतमले जनाए आभार

IMG-20230827-WA0198.jpg

दार्जीलिङ: शान्तिपूर्ण पहाड बन्दलाई पालन गरे बापत हाम्रो पार्टीले सम्पूर्ण पहाडबासीहरू प्रति आभार जनाएका छन।गत २१ अगस्तको दिन सिलगढीको मतिगढामा एक नेपाली नाबालिकाको निर्मम हत्या भएको थियो। हत्यारोपीलाई पुलिस पक्राउ गरी सकेको भएता पनि हत्या काण्डको जाँच कार्य तीव्र रूपमा चलाएर अपराधीलाई फाँसीमा झुण्डाउँनु पर्ने मांग गर्दै आई रहेको छ। यसैक्रममा अल पार्टीले २४ घण्टाको पहाड बन्दको घोषणा गरेको थियो अनि अल पार्टीमा हाम्रो पार्टी पनि सामेल भएको हुनाले हाम्रो पार्टीले राजनीतिदेखि माथि उठेर केवल गोर्खे चेली अनि पिडित परिवारले न्याय पाउँनु पर्छ भन्ने मांग गर्दै २४ घण्टाको पहाड बन्दलाई सफल बनाई दिने आह्वान गरेको थियो।हिज शनिबार २४ घण्टा पहाड बन्द शान्तिपूर्ण पालन गरे बापत हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले समस्त पहाडबासीप्रति आभार जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement