सिलगढी: सिलगढीको इस्कॉन मन्दिरमा राधा कृष्णको झुलन उत्सव सुरु भएको छ। यस अवसरमा मन्दिरमा ठूलो संख्यामा भक्तहरूको भीड लागेको छ। मन्दिरमा राधाकृष्णका साना मुर्तिहरू झुलामा राखिएको छन। झुलालाई फूलको मालाले सजाइएको थियो। यस अवसरमा मन्दिरमा विशेष सजावट गरिएको थियो। विशेष भजन कीर्तन पनि आयोजना गरिएको थियो। साँझ ४ बजेदेखि सुरु भएको यो कार्यक्रम बेलुका ८ बजेसम्म थियो।