पैह्रो पिढीत परिवारहरूसंग एडवाडर्सले गरे भेट

IMG-20230827-WA0272.jpg

तपाईहरूलाई चौकीमा बस्नु मात्र होइन नगरवासीको सेवा गर्न पठाएको हो: पुरण तामाङ

दार्जीलिङ: पैह्रो पिडितहरूसंग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गरे भेट। निरन्तर रूपमा परेको पानीले गत केही दिन बडा पताबुङमा पैह्रो गएको थियो। पैह्रोले घरहरूको क्षति ग्रस्त बनाएका थिए भने एक जनाको ज्यान लिएको थियो।पैह्रो गएको खबर पाउँन साथ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स घटना स्थलमा पूगेर पिडित परिवारहरूसंग भेट गरेर सहनुभूति जनाएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग पार्टी केन्द्रीय कार्यकर्ता एंव सभासद प्रतीम सुब्बा, राजु सुब्बा, विमल झावर, हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पूरण तामाङ आदि सामेल थिए। यसै संदर्भमा हाम्रो पार्टीको महकुमा समिति अध्यक्ष पूरण तामाङले पिडित परिवारहरूप्रति सहनुभूति जनाउँदै सम्बंधित विभागीय अधिकारी समक्ष यी पैह्रो गएको क्षेत्रहरूमा वाल आदिको ब्यवस्था गरी दिने अनुरोध गरयो। महकुमा समिति अध्यक्ष तामाङले अधि भने हामी बडा पताबुङ डाँडा गाउँको पैह्रो पिडितहरूसंग भेट गरेर फर्किन्दै गर्दा दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर २९ अन्तर्गत रमिते माउण्ड हर्मण क्षेत्रहरूमा पैह्रोले घरको आगन, बाटोहरू क्षति ग्रस्त बनाएका छन।स्थानीय गाउँलेहरूले हाम्रो पार्टीको टोलीलाई पैह्रो पिडितहरूले आफुहरूले भोग्नु परी रहेको समस्याहरू सुनाए।

हाम्रो पार्टी महकूुमा समिति अध्यक्ष पूरण तामाङले दार्जीलिङ नगरपालिकाको चूनावमा यी मतदाताहरूले भोट दिएर गठन गरेको नगरपालिकाको बोर्डले पिडित नगरबासीहरूको समस्याहरूलाई ध्यान दिनु पर्छ भन्ने तिनले बताए।हामी २९ नम्बर वार्डको नगरपार्षद गोपाल परियारलाई पनि अवगत गराउँन चाहान्छौ तपाईले पनि नगरपालिकामा जनताले भोग्न परी रहेको समस्याहरू राखी दिनोस भन्ने तिनले आहवान गरयो।दार्जीलिङ नगरपालिका नगरबासीहरूको हितको निम्ति हो तर नगरपालिकाको बोर्डमा बस्ने चेयरम्यान, भाइस चेयरम्यान साथै विभागीय नगरपार्षद हरूले पनि यस विषयमा ध्यान दिनु पर्छ भन्ने आहवान गर्दै जनताले तपाईहरूलाई चैकी बस्नु मात्र होइन, नगरबासीको सेवा गर्न पठाएको हो भन्ने महकुमा समिति अध्यक्ष पूरण तामाङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement