मतिगढा: मतिगढामा मृतक छात्राको परिवारलाई संवेदना अनि सान्त्वना प्रकट गर्न आज गोरामुमो अध्यक्ष मन घिसिङ मतिगढा पुगे। परिवारका सदस्यहरु संग भेटघाट गरि संवेदना प्रकट गर्दै सान्त्वना पनि दिए। सम्पुर्ण पहाड तराई डुवर्सनै साथमा रहेको साथै मृतक छात्राको न्यायको निम्ति सक्दो सहयोग पुर्याउने वचन समेत दिए। यसैक्रममा अध्यक्ष मन घिसिङ द्वारा मृतक छात्राको तस्बिरमा खदा अर्पण गरि श्रद्धाञ्जली अर्पण गरे। यसैक्रममा केन्द्रीय समिति प्रवक्ता वाई लामाले मिडियालाई सम्बोधन गर्दै भने, यो एउटा गोर्खाहरुको इतिहासमा एकदमै कालो यो एउटा गोर्खाहरुको इतिहासमा एकदमै दु:खद घटना कालो दिन हो। एउटा स्कुल पड्ने नानी स्कुल देखि घर देखि घर देखि स्कुल जाने नानीहरुको सुरक्षा छैन। आज हाम्रो कानुन ब्यवस्थाको हालत के छ यो ठूलो चिन्ताको विषय हो त्यस माथी सिलिगुडी जस्तो ठाउँमा हामी अल्पसंख्यामा छौँ। हामी अल्पसंख्यामा भएर पनि होला। आज अध्यक्ष मन घिसिङ द्वारा परिवारसंग दुःख साट्ने कोशिस गर्यौ तर यो दुखेसो साट्नु नसक्ने अवस्था छ यसकारण हामी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा यो मांग गर्दछौं। कानुन ब्यवस्थामा बदलाव ल्याउनु पर्छ।कानुनले यस्तो बदलाव ल्याउनु पर्छ बलात्कार, हत्या जस्तो जघन्य अपराधीहरुको निम्ति सिधा गोली ठोकेर सजाय दिने प्रावधान होस् भन्ने हाम्रो अपिल छ। भोलि गएर यस्तो किसिमको कानुन ब्यवस्था आएन भने हाम्रो नानीहरु अझै घटनाको शिकार हुन सक्छ यसैकारण हामी भारत सरकार अनि पश्चिम बंगाल सरकारलाई अपिल गर्दछौं यो कानुनी ब्यवस्थामा परिवर्तन ल्याएर कडा भन्दा कानुनी ब्यवस्था लागू गरेको होस् ताकि भोलिको दिनमा कसैले पनि यस्तो किसिमको अपराध चिताउन नसकोस साथी अपराधी लाई कडा भन्दा कडा सजाय दिनु पर्छ भनी गोरामुमोको मांग रहेको वाई लामाले मिडिया मार्फत जानकारी गराएका छन्। उनले थप जानकारी गराए अनुसार सम्पुर्ण गोर्खा जाति अपराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्छ भने मांग रहेको छ, यदि सरकारले सक्दैन भने यो अपराधीलाई जनता समक्ष सुम्पिदियोस जनताले यसको निर्णय लिनेछ। सक्छ भने भारत सरकार अनि पश्चिम बंगाल सरकारले कानुनी ब्यवस्थामा ठुलो परिवर्तन ल्याउनु पर्छ भनी वाई लामाले जनाएका छन्।