श्रीलंका हिंसा: राष्ट्रपति गोटाबाया राष्ट्रपति भवनबाट भागे

Sri-Lanka

श्रीलंका: श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी प्रदर्शनको बीचमा आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको आधिकारिक निवास कब्जा गरेका छन्। मिडिया रिपोर्टमा राजापाक्षेले देश छाड्ने अनुमान गरिएको छ। श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ। गामा भनेको सिंहली भाषामा गाउँ हो। प्रदर्शनकारीले एकै ठाउँमा पाल टाँगेर राष्ट्रपति र सरकारविरुद्ध ‘गोता–गो–गामा’ नारा लगाएका छन्। उनीहरुको उद्देश्य राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट हट्न बाध्य पार्ने थियो। गालेमा चलिरहेको अस्ट्रेलिया-श्रीलंका खेलको स्टेडियम बाहिर प्रदर्शनकारीको एक समूह पुगेको छ। प्रदर्शनकारीमा श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्या पनि सामेल भएका छन्। योसँगै राजधानी कोलम्बोमा आन्दोलन उग्र बनेको छ। पुलिससँगको झडपमा एक सयभन्दा बढी घाइते भएका छन्। प्रधानमन्त्री विक्रमासिङ्घेले स्थिति बिग्रँदै गएको भन्दै आकस्मिक बैठक बोलाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement