खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे सागंठनिक सभा भागाेप्रमो पार्टी कार्यालयमा सप्पन्न भएको छ। विभिन्न शाखाका प्रतिनिधिहरुलाई लिएर गरिएको सभामा आगामी दिनहरूमा गरिने कार्यहरु विषयमा छलफल गरिएको छ।
आगामी सेप्टेम्बर महिनाकाे दोस्रो सातामा संगठन पुनर्गठन गरी नयाँ पदाधिकारीहरू नियुक्त गरिने भएको छ। यसको साथै श्रमिकहरुले पाउने सरकारी सहुलियतहरूबारे पनि छानबीन गरेर श्रमिकहरु समक्ष पुराउन घर-दैलो अभियान गरिने भएको छ। पहाडी क्षेत्रमा बढ्दाे प्रवासी मजदुरहरुकाे जनसंख्यामा पनि छलफल गरिएको छ। स्थानीय श्रमिकहरुले पनि कामकाे गुणस्तर बढाएर लानु पर्ने दिशामा जाेढ दिनु पर्ने भनी शरण विस्वकर्मले सभामा बताए।

हाजिरामा काम गरदिनु भन्ने प्रथा अब स्थानीय श्रमिकहरुले मनबाट निकाल्नुपर्छ। संगठनलाई परिवार जस्तो सम्झेर एक मुष्टमा काम गर्नुपर्छ। होइन भने हामी भएर श्रमिकहरुकाे हक र अधिकारकाे लागि एक हुनुपर्छ भनी बताएका छन्। संगठनमाथि पार्टीकाे दह्रिलो हात रहेकाे साथै भागाेप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले सदैव श्रमिकहरुकाे अभिभावक भएर साथ र सहयाेग गरिरहेकाे सभामा सदस्यहरुलाई अवगत गराइएको छ भनी प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको संयोजक एल्जिन ब्राह्मण्डले बताएका छन्।