खरसाङ: तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा भारतीय जनता पार्टीको सभा सम्पन्न भएको छ। उक्त सभा दावा छिरिङको सभापतित्वमा भारतीय जनता पार्टीको कमिटी गठनार्थ हेतु सम्पन्न भएको छ। यस सभामा भारतीय जनता पार्टीका तीनधारे मण्डल सभापति उमेश प्रधान, पञ्चायत समिति सदस्या स्नेह बरदेवा, पञ्चायत सदस्य अजय विश्वकर्म, युवा मण्डल सागर दास ल अन्य नेतृत्ववर्ग उपस्थित रहेका थिए। उक्त सभामा भारतीय जनता पार्टीको कमिटी गठन गर्नलाई सर्वसहमतिद्वारा तीनजनालाई संयोजकहरू चयन गरिएकोलछ।

उक्त तीनजनामा मणि तामाङ, सुमिरण बरदेवा र सिध्दार्थ छेत्रीलाई चयन गरिएको छ। तीनजना संयोजकहरूले आगामी दिनमा कमिटी गठन गर्ने जिम्मेवारी दिइएको छ। सभापछि भाजपा तीनधारे महानदी मण्डलको सभापति उमेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।