खरसाङ: खरसाङ महकुमा अन्तर्गत निम्न खहरे बस्तीमा पञ्चायत सदस्य बिरेन लामा एंव भागोप्रमो खरसाड महकुमा समितिका सांगठनिक सचिव अल्फ्रेट तामाङको तत्परता देवान फउण्डेशनमार्फत् कम्प्यूटर प्रशिक्षण केन्द्रको उदघाटन गरिएको छ। अल्फ्रेट तामङकै सहयोगमा ४ वटा कम्प्यूटरहरू खहरे गाउँ समाजलाई प्रदान गरियो भने उक्त प्रशिक्षण केन्द्रमार्फत् जसले राम्रो प्रशिक्षण लिन्छ उनीहरूलाई विदेशतिर पढ्न पठाउने प्रावधान रहेको जानकारी गराईयो। आजको कम्प्यूटर प्रशिक्षण केन्द्रको उदघाटन गर्नलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित कुमार थापाको उपस्थितिमा क्षेत्रीय सभासद नुरी शेर्पा एंव देवान फाउण्डेशनका गुरूमाद्वारा रिबन काटेर दिप प्रज्वलन गरी उदघाटन गरिएको छ।

उक्त कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधान, सचिव प्रणाम रसाईली, केन्द्रीय समिति सदस्य समीरदीप ब्लोन, सभासद अनोश थापा, महकुमा समिति सह-सचिव एमबी घले एंव पञ्चायत प्रधान साथै पञ्चायत सदस्यहरूको उपस्थितिसँगै खहरे गाउँ समाजका सम्पूर्ण सदस्यवर्ग उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित कुमार थापाले सम्बोधन गरेका थिए भने देवान फाउण्डेशनका सदस्य, भागोप्रमो महकुमा अध्यक्ष सुवास प्रधान, केन्द्रीय समिति सदस्य समीरदीप ब्लोन, क्षेत्रीय सभासद नुरी शेर्पाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा महकुमा समितिको सह-सचिव एमबी घलेले धन्यवाद ज्ञापन गरेका थिए।