अश्विनलाई टीमबाट बाहिर राख्न सकिन्छ भने कोहलीलाई पनि बाहिर गर्न सकिने कपिलको मत

IMG-20220709-WA0095.jpg

९ जुलाईः भारतका पूर्व कप्तान कपिल देवको भनाइअनुसार, रविचन्द्रन अश्विन जस्ता दिग्गज बलरलाई टेस्ट टोलीको अन्तिम एकादशबाट बाहिर गर्न सकिन्छ भने लामो समयदेखि खराब फर्मसँग जुझिरहेका विराट कोहलीलाई पनि टी२० टीमबाट बाहिर गर्नु ठूलो मुद्दा हुनेछैन। कोहली लगभग तीन सालदेखि खराब फर्ममा रहेका छन् अनि उनले यस अवधि एउटा शतक पनि बनाएका छैनन्। भारतलाई पहिलोपल्ट विश्व च्याम्पियन बनाउने महान अलराउण्डरको भनाइअनुसार, भारतीय टीम म्यानेजमेण्टले असाधारण लयमा रहने खेलाड़ीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने मौका नदिए त्यो अन्याय हुनेछ। कपिलले एउटा साक्षात्कारमा भने, तपाईं टेस्टमा दोस्रो सर्वश्रेष्ठ बलर अश्विनलाई टीमबाट बाहिर राख्न सक्नुहुन्छ भने विश्वका नम्बर एक खेलाड़ीलाई पनि बाहिर राख्न सकिन्छ। म पनि कोहलीले रन बनाएको हेर्न चाहन्छु तर उनी अहिले पहिला जस्तो प्रदर्शन गरिरहेका छैनन्। उनले आफ्नो प्रदर्शनको दममा नाम कमाएका छन्। अहिले उनी प्रदर्शन गर्न सकिरहेका छैनन् भने नयाँ खेलाड़ीहरूलाई बाहिर राख्न सकिँदैन।
भारतका यस पूर्व कप्तानले बताएअनुसार, टेस्ट टीममा स्थानको निम्ति कोहली अनि युवा खेलाड़ीहरूबीच असल प्रतिस्पर्धा होस् भन्ने उनी चाहन्छन्। उनले भने, नयाँ खेलाड़ीहरूले असाधारण प्रदर्शन गर्दै कोहलीको निम्ति समस्या सृष्टि गरोस् भन्ने म चाहन्छु। यसरी नै कोहलीले पनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै युवा खेलाड़ीहरूलाई आफ्नो खेलको स्तरलाई अझ उच्च गर्न वाध्य गरुन् भन्ने पनि म चाहन्छु। म दुवै पक्षबीच स्वस्थ्य प्रतिस्पर्धा चाहन्छु। कोहली एक समय यस टीमका सर्वश्रेष्ठ ब्याटर थिए अनि यो कुरा उनले भुल्नु हुँदैन।
कपिलको भनाइअनुसार, वेष्ट इण्डिज यात्रामा कोहलीलाई विश्राम दिइनु उनलाई टीमबाट बाहिर गरिनु जस्तै हो। उनले भने, तपाईं यसलाई विश्राम या फेरि टीमबाट बाहिर गरिएको पनि मान्न सक्नु हुन्छ। यसमाथि हरेकको अलग विचार हुनसक्छ। चयनकर्ताहरूले सोचविचार गरेर नै यस्तो फसेला लिएका छन् कारण ठूलो खेलाड़ीले आशानुरुप प्रदर्शन गर्न सकिरहेका छैनन्। यसको साथमा कपिलले अन्तिम एकादशको चयन खेलाड़ीको वर्तमान लयको आधारमा गरिनु पर्ने माग पनि गरे। उनले भने, तपाईंसँग धेरै विकल्प छ भने लयमा रहने खेलाड़ीले मौका पाउनु पर्छ। अतीतको प्रदर्शनमाथि ध्यान दिएर केही हासिल हुनेछैन। तपाईं केवल प्रतिष्ठाको आधारमा खेल्न सक्नुहुन्न। टीममा चयन वर्तमान लयको आधारमा हुनु पर्छ। एकजना स्थापित खेलाड़ी भयो भन्दैमा लगातार पाँचवटा म्याचमा खराब प्रदर्शनपछि पनि बारम्बार मौका दिनु पर्छ भन्ने सोच गलत हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement