बंगालबाट छुट्टिने कुनै पनि व्यवस्थामा सहमति छ तर उत्तर बंगाल र अन्य व्यवस्थामा हाम्रो असहमति रहनेछ: शंकरहाङ सुब्बा
खरसाङ: यो दार्जिलिङको भूभाग सिक्किमको हो अनि हामी बंगालबाट छुट्टिनै कुनै पनि व्यवस्थालाई सहमति जनाउँदछौं भनी सिक्किम दार्जिलिङ एकीकरण मञ्चको महासचिव शंकरहाङ सुब्बाले बताएका छन्। उनले बंगालबाट छुट्टिने कुनै पनि व्यवस्था जस्तै – गोर्खाल्याण्ड, केन्द्र शासित राज्यमा सहमत छौं तर बंगालभित्र नै रहने व्यवस्था जस्तै उत्तर बंगाल र अन्यमा सहमति नरहने कारण ये भूभाग सिक्किमक हो र हामी पनि सिक्किमपट्टि फर्केका छौं अनि सिक्किममा बिलय नै हाम्रो मुख्य मुद्दा हो भनी बताएका छन्। आज खरसाङमा सिक्किम दार्जिलिङ एकीकरण मञ्चको सभा सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त सभा जीवन खातीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा आएका सिक्किम दार्जिलिङ एकीकरण मञ्चको महासचिव शंकरहाङ सुब्बाले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूका उत्तर दिन्दै भने, ‘गोर्खाल्याण्डको प्रणेता सुवास घिसिङ आफैले गोर्खाल्याण्ड नफल्ने बनतरूल भने। २००७ पछि पनि गोर्खाल्याण्डको लागि ११ पल्टसम्म वार्ता भयो तर गोर्खाल्याण्ड भएन। बरू जीटीए थापे तर जीटीएले पनि मानिसहरूका आकाँक्षा पूरा हुन सकेको छैन। अहिले केन्द्रमा रहेको भाजपा सरकारले पीपीएस भनेको छ तर पीपीएस के स्पष्ट पारेकोलछ। त्यसैले हामीले भनेका छौं कि दस्तावेजको अाधारमा यो भूभाग सिक्किमको हो र सिक्किम दार्जिलिङ एकीकरण नै वास्तविक रूपमा पीपीएस हो। यो सही पनि हो कराण यो भूभाग सिक्किमको हो र यही नै हामी पनि वास्तविक रूपमा चाहान्छौं।’
उनले अघि भने, सिक्किमको सरकारमा रहेकोले सत्ताको कारणले रूचि देखाएको चैन अनि हामीले अहिलेको अनि पहिलाक सरकारलाई पनि बुझाउने काम गरेनौं तर आखिरमा निर्णय लिने भनेको केन्द्र सरकार नै हो।’ सुब्बाले अझ भने सन् १९७८ सालमा नै यो भूभागलाई सिक्किमसित मिलाउने मुद्दाको साथमा त्यसताक स्व केबी छेत्री सांसद बनेका थिए र त्यसको कत्ति वर्षपछि मात्रै गोर्खाल्याण्डको आन्दोलन भएको थियो। यहाँको जनताले पनि सिक्किम दार्जिलिङ एकीकरणको मुद्दालाई बुझिसकेका छन् अनि नबुझेकाहरू सबै पार्टीका कार्यकर्ताहरू हुन् र जनताले हाम्रो पहललाई पर्खिरहेका छन्। दस्तावेज अनुसार बंगालबाट छुट्टिने मुख्य मुद्दा नै सिक्किम दार्जिलिङ एकीकरण हो।’
सिक्किम दार्जिलिङ एकीकरण मञ्चको महासचिव शंकरहाङ सुब्बाले आज खरसाङमा मञ्चको सांगठनिक विस्तारलाई लिएर साथै खरसाङ शाखा कमिटी गठन र संयोजकहरू चयन विषयमा पनि सभा राखिएको जानकारी गराएका छन्। खरसाङमा सम्पन्न भअको सिक्किम दार्जिलिङ एकीकरण मञ्चको सभाको शुरूमा सिक्किम एकीकरण मञ्चको शुभचिन्तक एंव सल्लाहकार साथै भागोपको संस्थापक सदस्य डा राजासिंह लिम्बुको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। उक्त सभामा सिक्किम दार्जिलिङ एकीकरण मञ्चको सांगठनिक विस्तार खरसाङ क्षेत्रमा पनि गर्ने साथै सिक्किम दार्जिलिङ एकीकरण विषयमा जनतालाई बुझाउने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। मञ्चको सांगठनिक विस्तारलाई अघि लानलाई खरसाङ क्षेत्रको लागि शाखा कमिटी गठन गरिने साथै संयोजकहरू राखिने विषयमा चर्चा परिचर्चा गरिएको छ।

सभामा सिक्किम दार्जिलिङ एकीकरण मञ्चको लागि दुईजना संयोजकहरू चयन गरिएको छ। यय क्रममा सोनादाको लागि जीवन खाती र खरसाङको लागि प्रकाष प्रधानलाई संयोजक चयन गरिएको छ। यी संयोजकहरूले आगामी केही दिनमा सभा बोलाएर खरसाङ ब्राञ्च कमिटी गठन गरिने जिम्मेवारी दिइएको छ। उक्त सभामा सिक्किम दार्जिलिङ एकीकरण मञ्चको केन्द्रीय पदाधिकारीहरू क्रमैले उपाध्यक्ष बीके चामलिङ, महासचिव शंकरहाङ सुब्बा, प्रवक्ता अनुप राणा, सह सचिव जोहन राई, केन्द्रीय कार्यकारी सदस्यहरू क्रमैले दावा लेप्चा लगायत खरसाङका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए।