२७ अगस्तः वैश्विक फूटबल संस्था फिफाले स्पेनिश फूटबल फेडरेशनका अध्यक्ष लुइस रुबियल्सलाई ९० दिनको निम्ति निलम्बित गऱ्यो। हालै सम्पन्न फिफा महिला वर्ल्ड कपको फाइनलमा जीत हासिल गरेपछि स्पेनिश खेलाड़ी जेनी हर्मोसोलाई चुमेको घटनापछि फिफाले यस्तो कदम उठाएको छ। फिफाको अनुशासन समितिले मामिलाको जाँच गर्ने अनि तबसम्म रुबियल्सले फूटबलको कुनै पनि गतिविधिहरूमा हिस्सा लिन सक्नेछैनन्। फिफा महिला वर्ल्ड कपको फाइनलपछि रुबियल्सले जोशमा आएर महिला खेलाड़ीलाई चुमेका थिए अनि यस घटनाले फूटबल जगतमा खलबली मचिएको थियो। रुबियल्सले पछिबाट माफी मागे पनि उनले रिहाई पाएनन्।