प. बंगालको मोचपोलमा पटका फ्याक्ट्रीमा विस्फोट, सातको मृत्यु

00-1-Rajya-Samachar-8

बारासातः पश्चिम बंगालको उत्तर २४ परगना जिल्ला अधिनस्थ दत्तपुकुरको नीलगंजस्थित मोचपोल क्षेत्रमा आइतवार बिहान भएको एक विस्फोटमा परी सातजनाको मृत्यु भएको समाचार छ। तथापि आधिकारिक रूपमा हाल यसको पुष्टि भएको छैन। केही घाइतेहरूलाई अस्तपालमा भर्ती गरिएको छ। सूत्र अनुसार आइतवार बिहान लगभग आठ बजे मोचपोल क्षेत्र विस्फोटको आवाजले थर्कियो। विस्फोटको तीव्रता यति भयंकर थियो कि वरपरका घरहरू समेत क्षतिग्रस्त भएका छन्। स्थानीय मानिसहरूको आरोप छ, यो पटका फ्याक्ट्री पूर्णरूपले अवैध थियो। यद्यपि अहिलेसम्म विस्फोटको कारणबारे थाहा लाग्न सकेको छैन। स्थानीय एक व्यक्तिले बताए, “मैले आएर हेर्दा दश-बाह्रवटा शव भुइँमा थियो। दुई-तीनजनालाई मैले एम्बुलेन्समा पठाइदिए। बमको मसला छेउमै थियो त्यसैबाट विस्फोट भएको होला।”

अर्को एकजना स्थानीयले बताए, “मैले बिहान विस्फोटको आवाज सुनेर हेर्न जाँदा घर क्षतिग्रस्त भएको थियो र चारतिर मानिसहरू छरिएका थिए। नजिकैको घरमा एक महिला र नानी फसेका थिए। हामीले तत्काल त्यहाँ पुगेर उनीहरूलाई बचायौं।” एक अन्य व्यक्तिले बताए, विस्फोट पश्चात घर ढलेर कतिपय मानिसहरू घाइते भए। घाइतेहरूलाई अस्पतालमा पठाइएको छ। सूचना पाएर घटनास्थलमा आएको दत्तपुकुर थानाको पुलिस जाँचमा जुटेको छ। यसअघि गत मई महिनामा पनि एगराको खड़िकुलमा भयानक विस्फोट भएको थियो जिसमा नौजनाको मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement