कोलकाता: बर्दवानमा विषालु रक्सी सेवनबाट चारजनाको मृत्यु भएको छ। बर्दवान सदर पुलिस थानाअन्तर्गत वाहिर सर्वमंगला क्षेत्रमा भएको घटनामा मृत्यु हुनेमा शेख सुरबती (३४), शेख अमिन (४३), गौतम डे (४२) र चिन्मय डे (३८) रहेका छन्। तर, पछिल्ला दुईका आफन्तले यसलाई मानेनन्। यस घटनापछि अनुसन्धानको आदेश दिइएको छ, आबकारी अन्तःशुल्क विभागले शहरका सबै रक्सी पसलहरू बन्द गर्न आदेश दिएको छ।