ओम एफसी र डीपीएफसी विजयी

photocollage_202382712457138.jpg

२७ अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा ओम एफसी-ले लेंगा एसपी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राज मुखियाले गोल गरे। यसरी दोस्रो म्याचमा डीपीएफसी (धोतरिया पुलबजार फूटबल क्लब)-ले धजिया बस्ती एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राजीव राई, प्रियांशु राई, प्रज्वल तामाङ र बिपुल राईले १-१ गोल गरे। यसरी धजिया बस्तीबाट समीर तामाङले १ गोल गरे। वास्तवमा डीपीएफसी-को जीटी बोइज (लेबोंग)-सँग म्याच रहेको थियो तर शनिवार स्ट्राईकले गर्दा जीटी बोइजको टीम आउन नसक्दा धजिया बस्ती एफसी-ले म्याचमा हिस्सा लियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *